मुसहर बस्तीका १० जनालाई नागरिकता वितरण

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले वर्षौँदेखि नागरिकता पाउनबाट वञ्चित धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मुसहर बस्तीका १० जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको छ ।
कार्यालयले क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ३ पकडियाका सुम्बबासी मुसहर बस्तीका १० जनालाई वंशजको आधारमा नागरिकता प्रमाणपत्र प्रदान गरेको हो ।
सुकुम्बासी मुसहरहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर नागरिकता प्रदान गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।
निक्कै गरिब तथा अशिक्षित रहेका उनीहरू नागरिकता पाउनबाट वञ्चित रहेका थिए ।
मुसहर मोतिलाल सदाले ४८ वर्षमा नागरिकता पाएर दङ्ग पर्नुभएको छ । उहाँले यतिका वर्षसम्म नागरिकता नपाएका कारणले अनेकन समस्याको सामना गर्नुपरेको गुनासो गर्नुभयो ।
उहाँसँगै सोही वडाका अनिता कुमारी सदा, इन्द्र रेखा सदा, विनिता कुमारी सदा, लरुवती देवी सदा, सरिता सदा, रामबाबु सदा, दिपेन्द्र सदाले नागरिकता पाउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्