करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु
टीकापुर कैलाली । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका वडा नम्बर १० का ४० वर्षीय धनबहादुर शाह रहेको प्रहरीले जानकारी दिएको छ ।
उनको आज बिहान पहलमानपुर स्थित तुल्सीपुर सामुदायिक वनमा करेन्ट लागेको थियो । बिहान करिब साढे ३ बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
साथै करेन्ट लागेर मोहन्याल गाउँपालिका वडा नम्बर ३ की ३६ वर्षीया दुर्गा खत्री घाइते भएकी छन् । खत्रीलाई स्थानीय घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको र घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्