तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा मुन्धुम पर्यटन सेवा समारोह गरिने

पाँचथर । पाँचथरको फिदिममा मुन्धुम पर्यटन सेवा समारोहको आयोजना गरिने भएको छ ।

फिदिम नगरपालिका १० स्थित याङनाम खलाङ्गाटारमा आगामी माघ १३ बाट धार्मिक तथा पर्यटन प्रवर्धनको लागि मुन्धुमि पर्यटन सेवा समारोह गरिने भएको हो । समारोहको अवसरमा १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्दको शालिक अनावरण गरिने भएको छ । शालिक अनावरण किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङ र गुरुआमा पबित्राहाङमा ९साँवा० लिङदेनले गर्नु हुने आयोजकले जनाएको छ ।

खलङगाटारमा महागुरुको करिब ८ फिटको पूर्ण कदको शालिक निर्माण गरिएको छ । उक्त शालिक निर्माणका लागि करिब ३० लाख खर्च भएको र शालिक अनावरण तथा मुन्धुमि पर्यटन सेवा समारोह सम्पन्न गर्न २५ लाख खर्च हुने अनुमान रहेको शालिक अनावरण एवं मुन्धुम पर्यटन सेवा समारोहका संयोजक विरहाङमा थाम्सुहाङले जानकारी दिनुभयो ।

महोत्सवमा मुन्धुम स्थल भ्रमण गर्ने, गालीश्राप बहन्ती गर्ने,विश्व शान्ती एवं मानव एकताको लागि लाधुङ सेमी सेवा गर्ने, शुभ आशिरवचन गर्ने लगायतको कार्यक्रम रहेको समारोहका सचिव नरेन्द्रराज केरुङले जानकारी दिनुभयो । कार्यक्रममा पूर्वका विभिन्न जिल्ला साथै छिमेकी मुलुक भारतको सिक्किम र भुटानका करिब १० हजार भक्तजनको उपस्थित रहने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button