तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षा क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । 

मुख्यमन्त्री यादवले महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नंं ३ पाटुमा रहेको श्री जन जागृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै विद्यालय शिक्षा प्रदेश सरकारमा नरहे पनि प्रदेश सरकारले विद्यालय शिक्षाको सुधारका लागि बजेट विनियोजन गर्दै आएको बताउनु भयो । 

यहाँले विगतमा विभेद भएका कारणले नै मुलुकमा सङ्घीयता आएको बताउँदै वर्तमान मधेश सरकार कसैसँग पनि भेदभाव नगर्ने प्रण गर्दै सङ्घीयतालाई बलियो बनाउन तथा शिक्षामा रहेको बेथितिहरूको समाधान गर्नका लागि माध्यमिक शिक्षाको अधिकार प्रदेश सरकारमा जानु पर्ने धारणा राख्नु भयो । 

उहाँले मधेश प्रदेशको विकासको आधार नै कृषि क्षेत्र भएको चर्चा गर्दै प्रदेश सरकारले कृषि विश्व विद्यालयको भवन शिलान्यास गर्दा मधेश प्रदेशमा राजनीति भएकोमा चिन्ता व्यक्त गर्दै विकासमा राजनीतिक नगरी दिनका लागि सवैमा आग्रह गर्नु भयो । 

मुख्यमन्त्री यादवले बर्दिबासमा प्रदेशकै गौरवको योजना प्रदेश सरकारले सञ्चालन गर्न चाहेको बताउँदै यसका लागि बर्दिबास नगरपालिकालाई सहकार्यका लागि आग्रह गर्दै यस विद्यालयको लागि प्रदेश सरकारले के गर्नु पर्दछ त्यो गर्नका लागि तयार भएको बताउनु भयो । 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य लक्ष्मी महतोले यस विद्यालयको भौतिक विकास सहित समग्र बर्दिबासको विकासका लागि आफू चिन्तित बनेको बताउनु भयो । 

पूर्वमन्त्री एवं नेकपा माओवादी नेता भरतप्रसाद साहले शिक्षाको विकास विना कुनै क्षेत्रको विकास सम्भव नभएकाले यस विद्यालयको विकासका लागि प्रदेश सरकारलाई लगानी गर्नका लागि आग्रह गर्नु भयो । 

बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद क्षेत्रीले श्रीजन जागृति विद्यालयले स्वर्ण महोत्सव मनाएकोमा खुशी व्यक्त गर्दै विद्यालयको भौतिक अवस्था कमजोर भएकाले पूर्वाधारको निर्माण र विकासमा ध्यान दिनका लागि प्रदेश सरकारसँग माग गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भू बहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा  

प्रतिक्रिया राख्नुहोस्

Back to top button