सल्यानमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ
सल्यान । श्रीमतीको हत्या गरेको आरोपमा सल्यान प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका ५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी बर्ष २२/२३ की श्रीमती सीमा कवर भनिने पार्वतीको हत्या गरेको आरोपमा श्रीमान मोहन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
पुनले गत मङ्सिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए । सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेको थियो । स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शङ्कास्पद देखिएपछि श्रीमान मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।
ढाकुडाँडाको जङ्गलमा लुकिछिपी बसेको अवस्थालाई पुनलाई पक्राउ गरिएको उहाँको भनाई छ । उनलाई सल्यान जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरि थप अनुसन्धानलाई अघि बढाएको उहाँको भनाई छ ।
छरछिमेक तथा आफन्तका अनुसार आइतबार राती श्रीमान श्रीमतीको झैँ झगडा भएको र कुटपिट भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्