तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई मन्दिरमा १ लाख ५१ हजार दीप प्रज्वलन 

बारा । राम मन्दिरको प्राण प्रतिष्ठामा बारा जिल्ला महागढीमाई नगरपालिकामा रहेको गढीमाई  मन्दिरमा १ लाख ५१ हजार  दीप प्रज्वलन गरिएको छ । 

मन्दिरका पुजारी मंगल चौधरीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको खुसीयालीमा गढीमाई मन्दिर लगायत जिल्लाको अधिकांश ठाउँमा  कलश यात्रा, र्‍याली, भजन मण्डली, कीर्तन गर्दै घर घरमा दियो बाली, रंगोली बनाई उत्सव मनाइएको बताउनुभयो । 

यो अवसरमा गढीमाई मन्दिर प्राङ्गणलाई फूल मालाले  भब्यरुपमा  सजाइ दीप प्रज्वलन गरिएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो । 

रामलालाका ससुराली जनकपुरधाम मन्दिरमा पनि सोमबार सवा लाख दिप प्रज्वलन गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button