तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसमा एकता आवश्यक : पूर्व मन्त्री कार्की

धनकुटा । पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेसमा एकता हुनु नै अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस धनकुटाले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कार्कीले काँग्रेस एकजुट नहुँदा काँग्रेस मात्रै नभई देशमा समस्या परिरहेको बताउनुभयो ।

उहाँले राणा शासनको अन्त्य भएपछि त्यसलाई फर्काउने प्रयास भएको र पञ्चायतको अन्त्यपछि पनि त्यसलाई फर्काउने प्रयास भए पनि दुवै सम्भव नभएकाले राजतन्त्र पनि फर्कन नसक्ने बताउनéयो ।

फरक प्रसङ्गमा नेता कार्कीले संविधान रक्षाका लागि गठबन्धन बनेको बताउँदै यो गठबन्धनले ५ वर्षसम्म निरन्तरता पाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button