अछाममा जिल्ला स्तरीय चौधौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
अछाम । अछाम जिल्लामा चौधौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मङ्गलसेनमा सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर साउदको अध्यक्षतामा सुरु भएको प्रतियोगिता उद्घाटन सत्रका प्रमुख अतिथि अछाम क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शाहले आफू युवा अवस्था खेलाडी समेत रहेको स्मरण गर्दै खेलकुदको विकासका लागि आफु लागि पर्ने बताउनुभयो । अछाममा सञ्चालित गौरवका आयोजना मङ्गलसेन दरबार, जंगलघाटमा निर्माण हुने पक्किपुल, वेतान कर्णाली हाइड्रोपावर तत्काल निर्माण गराउन सबैले हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्