श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत
कोलम्बो। श्रीलङ्काको डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको छ । मोबाइल फोनको पहुँच १५० प्रतिशतभन्दा बढी छ भने इन्टरनेटको प्रयोग ५२ प्रतिशतमा पुगेको छ।
कोलम्बोमा आयोजित सम्मेलनमा बोल्दै प्रविधि राज्य मन्त्री कनका हेरथले डिजिटल मार्केटिङलाई सशक्त बनाउन आग्रह गर्नु भएको छ ।
उहाँले सरकारको डिजिकोन – २०२३० योजनालाई मूर्तरूप दिदै देशको डिजिटल अर्थतन्त्रलाई ४.३ बिलियन डलरबाट सन् २०३० सम्ममा १५ बिलियन अमेरिकी डलर पुर्यालउने लक्ष्य राखेको बताउनु भएको छ ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्