बाजुरा बाट गरियो एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार

बाजुरा । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।
उद्धार हुनेमा बुढिनन्दा नगरपालिका वडा नम्बर १ जमसालकि २९ बर्षिया सम्झना खत्री र सोही वडाको पिपलडाली स्थित २५ बर्षिया सरस्वती विष्टलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरि सुर्खेत पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार बिहान ११ बजे सुर्खेत पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक ओमजंग शाहीले बताउनु भयो ।
गर्भवती महिला दुवै जनाको अवस्था गम्भीर रहेको र अप्रेसन गर्नुपर्ने भएकाले अक्सिजन लगायत आवश्यक उपकरण अभावले रिफर गर्नुपर्ने बाध्यता भएको स्वास्थ्य संयोजक शाहीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्