बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष जोशीको निधन

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ ।
वि७ महिनादेखि क्यान्सर रोगको उपचार गराइरहनुभएकी जोशीको गए राति आफ्नै निवास वाई गाउँमा निधन भएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो।
उहाँको आजै दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ वाई निवासी जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्