तपाईँ सुन्दै हुनुहुन्छः

चिसो अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा जाडो बिदा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा जाडो बिदा दिएको छ ।

चिसो अत्यधिक बढेपछि सामुदायिक विद्यालय, संस्थागत र धार्मिक विद्यालयहरूमा भोलिदेखि माघ ६ गतेसम्म जाडो बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका नगर शिक्षा प्रमुख गोर्खबहादुर थापाले अत्यधिक जाडो तथा शीतलहर बढेसँगै विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको बताउनुभयो ।

उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्जमा एक साता यता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button