झापामा पुस महिनामा २६ जना फरार प्रतिवादी पक्राउ

भद्रपुर, झापा । झापामा एक महिनामा २६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको सक्रियतामा पुस महिनामा विभिन्न मुद्दाका २६ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।
अदालतहरूबाट विभिन्न मितिमा फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मातहत प्रहरी कार्यालयहरूसँग समन्वय गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
ती प्रतिवादीबाट १८ वर्ष ४ महिना २३ दिन कैद तथा ५० लाख ४२ हजार ६७७ रुपैयाँ जरिवाना असुलउपर भएको उहाँले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्