तपाईँ सुन्दै हुनुहुन्छः

सिलौटो र जाँतोले जीवन धानिएका पत्थरकट्टाहरु

नवलपरासी,पश्चिम् । बूढो शरीर,आफ्नै अधिनमा नरहने हात  खुट्टाहरु। जिवनको उत्तरार्धमा पनि छिनो र ढुङ्गाले जीवन गुजारा गर्न बाध्य छन पुर्नबासी पथरकट्टा।उमेरले उनी ७५ बर्ष पुग्न थाले ।तर बृद्ध उमेरले उनलाई आराम गर्न भने दिएको छैन ।जुन दिन उनी आराम गर्छन त्यो दिन उनको परिवारको मुखमा माड लाग्दैन ।बिहान उठ्ने बितिकै उनी परिवारका सदस्य सग खोलामा ढुङ्गा खोज्न जान्छन ।कित बिहान उठ्ने बितिकै ढुङ्गालाई आकार दिएर सिलौटो, जातो र लोहोरो बनाउन उनी छिनी र हतौडा लिएर बस्छ्न ।पुर्नबासी पत्थरकट्टाका ४ भाइ छोरा छन सबैको आ आफ्नै परिवार छ सबै छोरा बुहारीहरु नै यो पेशामा आबद्व छन ।

“हाम्रो अरु पेशा छैन सिलौटो बेचेर मात्र जीवन धान्न गाह्रो छ,बालबच्चा के गरि पढाउने,बिरामी हुदा कसरी उपचार गर्ने,हाम्रो पीडा कस्ले सुनिदिने “पुर्नबासिका ३५ बर्षका जेठा छोरा मोहनलाल पत्थरकट्टाले भने ।आफू सग एक धुर जगा नभएको र राज्यबाट कुनै सिपमुलक तालिम र कुनै सुबिधा नपाएको उनी बताउछन ।उनका २ छोरा र २ छोरी छन ।उनिहरुलाई सराकारी स्कुलमा पढाएको तर कापी कलम समेत किनिदिने अवस्था नहुदा पढाउन कठिन भएको उनको गुनासो छ ।आफू निरक्षर भएपनि छोराछोरीलाई पढाउने उनको धोको छ ।ताकि उनका छोराछोरीको पुस्ताले यो दुखको काम गर्नु नपरोस ।

यस्तै पीडा छ अर्कि गोबिन्दी पठरकट्टाको पनि ।उनका श्रीमान बितेपछी अहिले दुई छोराहरु नारायणगढमा त्रिपाल टागेरबसिलौटो जातो र लोहोरो बनाएर बेच्ने गरेका छन ।पहिला जस्तो आम्दानि पनि नभएको उनको भनाई छ ।जेन तेन लघुबित्तबाट एक लाख रुपैया ऋण लिएर ८ धुर ऎलानी जगा किनेर उनले काली टोलमै ईटाको गाह्रो र टिनको छानो हालेर घर बनाएकी छ्न ।”बल्ल तल्ल घर बनाए महिनाको ४ हजार ५ सय ब्याज तिर्नु पर्छ,खान त पुग्दैन कसरी तिर्ने हो” उनले गहभरी आसु बनाउदै भनिन ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ को कालीटोलमा बस्दै आएका यो समुदायको दैनिक जिविकोपार्जनको माध्यम नै सिलौटो,लोहोरो र जातो बनाएर बिक्री गर्नु हो।पुस्तौंदेखि यिनिहरुको पेशा यो बाहेक अरु छैन ।सधै सिलौटो बनाउन नसकिने र सधै बिक्री नहुने हुदा एक महिना काम गरेर महिनौ काम बिहिन भएर बस्दा गुजारा चल्न मुस्किल हुने मोहनलाल पथरकट्टाको भनाई छ ।

“एउटा सिलौटो जातो ५ देखि ८ सय रुपैयाँमा बिक्छ महिना भरीमा १५ हजार पनि कमाई हुदैन कसरी बाच्ने हो”उनले गुनासो गरे ।स्थानिय खोलाबाट समेत ढुङ्गा ल्याउन नपाईने भएपछि कहिलेकाही भारतिय ढुङ्गा किन्नु पर्दा खासै मुनाफा नहुने उनिहरुको गुनासो छ ।अहिले मिक्सर को प्रचलन बढेसगै सिलौटो बनाउने पेशा थप संकटमा पर्दै गएको यो समुदायको भनाई छ ।

“ढुङ्गा पनि पाईन छोड्यो,सिलौटो जातो को जमाना हराउदै गयो छोराछोरी पढाउन त परैको कुरा हो खान पनि पाईदैन कहिलेकाही त,हामिलाई पैसा हैन काम दिए हुन्छ”मन्जु पथरकट्टाले भनिन ।

नागरिकता समेत पाउन बाट बन्चित भएका यहाका यी समुदाले जेन तेन अहिले नागरिकता त पाएका छन ।तर यिनिहरुको नाममा गरिखाने एक धुर जगा छैन ।सरकारले सुकुम्बासी आयोगबाट जग्गा दिने ठूलो आशा छ उनिहरुमा ।पथरकट्टा समुदायको छिनी त्रिपाल र हतौडामा जीवन ब्यतित हुन्छ ।केही घर र स्थायी बसोबास नभएका पथरकट्टाहरु बाट जन्मेका शिशुहरुको जन्मदर्ता प्रमाणपत्र बनाउन समेत कठिन हुने गरेको स्थानिय अशोक श्रेष्ठले बताउनु भयो ।

लोपोन्मुख जातीको रुपमा यो समुदायलाई लिने गरिन्छ।पश्चिम् नवलपरासीको बर्दघाट,प्रतापपुर र सुस्ताका केही क्षेत्रमा यो समुदायको बसोबास रहेको छ ।राज्यका कुनै निकायबाट पत्थरकट्टा समुदायको संरक्षण हुन भने सकेको छैन ।लोपोन्मुख जातिको रुपमा रहेका उनिहरु अहिले बैकल्पिक जिविको पार्जनको माध्यम खोजिरहेका छन ।राज्यले,स्थानिय तहले आफुहरुलाई कुनै शिपमुलक तालिम वा कुनै अवसर दिए अवस्था बदलिन्थ्योकी भन्ने आशमा उनिहरु छन ।यो समुदायको पहुच राज्यका ठुला निकायतमा त परैको कुरा नजिकैको वडा कार्यालयम समेत रहदैन ।

जेनतेल आफैले ढुङ्गा बालुवा ओसारेर टिन हालेर केहिले पक्की घर बनाएका छ्न।यहि बाहिरबाट देखिएको घर मात्र देखेर जनप्रतिनिधीले समेत आफुहरुलाइ बेवास्ता गरेको उनिहरुले गुनासो गरे।घरको तस्वीर लिदा समेत उनिहरुले  पछाडि बाट खिचिदिन आग्रह गरे।

सजिलै आकलन गर्न सकिन्छ स्थानिय तहले समेत यो समुदाय लक्षित खासै प्रोत्साहनका कार्यक्रमहरु ल्याउन सकेको छैन ।अझै पनि मुल प्रवाहमा उनिहरुको शून्य पहुच छ,न कतै उनिहरुको प्रतिनिधित्व नै छ ।स्थानिय तहको चुनाव होस या राष्ट्रिय निर्वाचन यहाँको यो बिपन्न बस्तीलाई सपना बाड्ने र भोट बैंकको रुपमा प्रयोग मात्र गर्ने गरेको यहाको जिवनशैली र अवस्थाले झल्काउछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button