परशुराममा सोमबार मकर स्नान मेला लाग्ने

डडेल्धुरा । डडेलधुरालगायत सुदूरपश्चिममा मकर स्नानले प्रसिद्धि पाएको परशुराम धाममा सोमबार मकर मेला लाग्ने भएको छ ।
यस मन्दिरमा पुस मसान्तका दिन भजन कीर्तन गर्ने, मुढा बालेर रातभर जाग्राम बस्ने, र माघ १ गतेका दिन बिहानै स्नान गरि नित्य पूजा गर्ने परम्परा रहेको परशुराम धाम क्षेत्र बिकास समितिका अध्यक्ष गणेशप्रसाद जोशीले जानकारी दिनुभयो ।
नेपाल र भारतको सीमा भई बहने महाकाली किनारमा रहेको परशुरामधाममा गरिने मकर स्नानलाई धार्मिक रुपमा महत्त्वपूर्ण मानिने उहाँले बताउनुभयो ।
मकर स्नानका लागि सीमावर्ती भारतीय क्षेत्र टनकपुर, बनबासा, हल्द्धानी लगायतका क्षेत्र तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर समेत पहाडी जिल्लाबाट समेत दर्शनार्थीहरु आउने क्रम सुरु भइसकेको अध्यक्ष वा्शीले बताउनुभयो ।
डडेल्धुराको परशुराम नगरपालिका वडा नं ५ मा रहेको उक्त धाममा देशभरका स्थानीय तह प्रमुख र सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई विशेष रुपमा निमन्त्रणा गरिएकोले यो बर्ष श्रद्धालुहरू अझै बढ्न सक्ने परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले जानकारी दिनुभयो ।
त्रेतायुगमा भगवान् विष्णुको छैटौँ अवतारको रुपमा परशुरामले हैयी वंशी क्षेत्रीहरूको २१ पटक संहार गरेपछि यस क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको स्कन्द पुराणमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्