तपाईँ सुन्दै हुनुहुन्छः

राजनराजकाे “निक्लेर जा भन्छ छोराले” सार्वजनिक

काठमाडौँ I आमा-बाबुको सपना बुढेसकालको सहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनको कथा समाजमा छरपस्ट रहेका छन् । 

त्यस्तै कथा बोकेको एक मार्मिक गीतीकथा रिलिज भएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीतीकथा “निक्लेर जा भन्छ छोराले” सार्वजनिक भएको छ । 

राजनराज शिवाकोटीको शब्द र सङ्गीतमा रहेको गीतमा राजनराजलाई आवाजमा टिका पुन र रिता केसीले साथ दिएका छन् । भिडियोको कथा र प्रस्तुति मनछुने बनाइएको छ । भिडियोले अन्त्यमा आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराएको छ । वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको व्यथा निकै मार्मिकरुपमा देखाइएको छ। 

विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगन लाल प्रधानले निर्माण गरेका छन् । भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button