तपाईँ सुन्दै हुनुहुन्छः

दाङ बस दुर्घटनाका १२ जनाको बाँकेमा उपचार हुँदै 

नेपालगन्ज । दाङको भालुबाङमा गएराति भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको बाँकेमा उपचार भइरहेको छ ।

नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे.१ख.३९१२ नम्बरको यात्रुवाहक रात्रिकालीन बस भालुबाङ पुलमा दुर्घटना हुँदा घाइते भएका १२ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

घाइतेमध्ये दुई जनाको आइसियु र १० जनाको इमरजेन्सी वार्डमा उपचार भइरहेको  र एक जना उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।  

घाइतेमध्ये कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको छ । यस्तै बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचारपछि घर फर्कनुभएको छ । नेपालगन्जका २४ वर्षीय अशुतोष गौतम, २० वर्षीय निरञ्जन कोरी, २० वर्षकै अरवाज नाउ, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बिक, बाँके राप्तीसोनारीका ३१ वर्षका कुलबहादुर गोसाई, नेपालगन्जकी ३५ वर्षीया लिला वली, बाँकेकै २१ वर्षीय शङ्कर थारु र रावलकुमार यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका छन्  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button