तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा श्रीमानद्वारा श्रीमतीको हत्या, दुई घाइते

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । 

मिक्लाजुङ ३ आरुबोटेमा बिहीबार साँझ ३५ वर्षीय गोमा फियाकको तुम्वेवा ४ का ३५ वर्षीय फियाकका श्रीमान् नरधोज कुरुम्बाङले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट मृतकको आमा कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

गोमा माइती घर बस्दै आएकी थिइन् । ससुराली गएका कुरुम्बाङले घरायसी विषयमा छलफल गर्दे गर्दा एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । कुरुम्बाङ फरार रहेकोले खोजी कार्य जारी छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवर सहितको टोली घटना स्थलमा गई अनुसन्धान भइरहेको प्रहरीका सूचना अधिकारी सुमित कुस्वाहाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button