बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्छ : आरजु राणा देउवा

\काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
बालविवाह अन्त्यविरुद्ध ६ प्रदेशका १६ जिल्लामा अभियान चलाउँदै आएको वर्ल्ड भिजन नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति डा. देउवाले सामाजिक सचेतनाका साथै कानुनी रुपमा प्रबन्ध गरेर बालविवाह नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
सामाजिक रुपमा बालबालिकालाई किशोरावस्थामा आउने परिवर्तनबारे सचेत गराउने, अभिभावकलाई बालविवाह गर्दा हुँदा बच्चाले भोग्नुपर्ने शारीरिक तथा मानसिक समस्याबारे सचेत गराउनुपर्ने भन्दै देउवाले कानुनी रुपमा वडाबाट अनुमति लिएर बिहे गर्ने प्रबन्ध गरेमा बालविवाह नियन्त्रण हुने बताउनुभयो ।
नेपालमा १५ मुनिको बालविवाह ८ प्रतिशत र १८ मुनिको बालविवाह ३३ प्रतिशत गरी कुलमा ४१ प्रतिशत रहेको र यो भयावह अवस्था रहेको भन्दै सभापति डा. देउवाले सन् २०३० सम्म नेपालले बालविवाह अन्त्य गर्नुपर्ने लक्ष्य हासिल गर्न सामाजिक र कानुनी प्रबन्ध गर्नुपर्ने जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्