तपाईँ सुन्दै हुनुहुन्छः

फोन नलाग्ने जनगुनासोलाई समाधान गर्‍यो टेलिकमले 

रोल्पा । रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर १० मा अवस्थित धबाङको थाम, चारखुरे भन्ने ठाउँमा नेपाल टेलिकमको बि.टि.एस.टेलिफोन टावरले दिउसो घाम लागेको बेला मात्र फोनले काम गर्ने रातिको समयमा फोनले काम नगर्ने जनगुनासो बढेपछि टेलिकमले रातिमा  फोन नलाग्ने जनगुनासोलाई समाधान गरेको छ । 

दूरसञ्चार कार्यालय तुल्सीपुर दाङबाट खटिएका प्राविधिकहरूले आवश्यक मर्मत गरी सोलारको ब्याट्री परिवर्तन गरेपछि अहिले दिनरात फोनले काम गर्न थालेको छ । टेलिकमको टावर भएको थाम चारखुरे भन्ने ठाउँमा विद्युतको लाइन बिस्तार भई नसकेको हुँदा सोलार प्यानलबाट चार्ज गरी सञ्चालन भइरहेकोले बेला बेला समस्या हुने गरेको छ ।

धबाङ क्षेत्र लगायत वरपर रहेका गाउँ निकै बिकट दुर्गम भएका कारण त्यस ठाउँमा फोन नलाग्ने समस्यालाई मध्यनजर गर्दै स्थानीयवासीलाई सहज टेलिफोन सेवा उपलब्ध गराउने उद्देश्यले टावर जडान गरिएको हो भने बि.टि.एस. टावर सञ्चालनमा आएपछि स्थानीयलाई अप्ठ्यारो अवस्थामा आफन्त तथा अन्य विभिन्न कामको लागी कार्यालयमा फोनमार्फत जानकारी लिन र दिन सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button