तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेपछि सामुदायिक बन र नगरको सहकार्यमा दाउरा वितरण

नवलपरासी,पश्चिम् । केही दिन यता चिसो बढेसँगै नवलपरासीमा पनि जनजीवन प्रभावित बनेको छ ।बाक्लो हुस्सु सँगै घाम नलाग्दा चिसोले दैनिक जीवन कष्टकर बन्दै गएको छ ।

नागरिकलाई चिसो बाट जोगाउन केही स्थानीय तहले दाउरा वितरण गरिरहेका छन् ।बर्दघाट नगरपालिकाले यहाँका सामुदायिक बनहरूको सहकार्यमा चोक चौराहा र सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ ।सामुदायिक बनमा भएका रुखका जरा उप्काएर दाउरा वितरण सुरु गरिएको हो ।

नगरमा रहेका शिवशक्ती,पारिजात,सन्सारकोट,चिसापानी लगायतका सामुदायिक बनको सहकार्यमा दाउरा वितरण सुरु गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

“हिजो बाट बाँड्न सुरु गरेका छौ,आवश्यक सबै ठाउँहरूमा उपलब्ध गराउँछौ,तत्कालका लागि विकल्प नै दाउरा नै हो,मुलत : चिसो बाट विपन्न समुदायमा कहिकतै घटना नहोस् भन्ने हेतुले नै दाउरा वितरण सुरु गरिएको हो”श्रेष्ठले भन्नू भयो ।

नगरवासीलाई चिसोबाट जोगाउन बसेको बिपद व्यवस्थापनको बैठकले दाउरा वितरण गर्ने निर्णय गरेको हो ।नगरपालिकाले सामुदायिक बनहाताभित्र रहेका जराहरू उप्काएर एकठ्ठा गरि ट्र्याक्टर मार्फत वितरण सुरु गरिएको हो।भने केही बनहरूले आफ्नै कार्यालय बाट वितरण गरेका छन् ।

बुधबार भुताहाबाट दाउरा बाँड्न सुरु गरिएको छ।चिसो बढ्दै गएपछि गरिब विपन्न परिवार को जनजीवन कष्टकर बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button