जनकपुरधामबाट चोरी भएको बस गोल बजारमा फेला पर्यो

जनकपुरधाम । जनकपुरधामबाट चोरी भएको बस सिराहाको गोल बजारमा आज फेला परेको छ ।
जनकपुरधामबाट चोरी भएको बस गोलबजार नगरपालिका वडा नंं ७ मा पार्किङ गरेको अवस्थामा फेला गरेको धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
दुई दिन गाडी अर्थात् सोमबार जनकपुरको बस स्टेण्डमा पार्किङ गरिएको जनकपुरधाम– भिठामोड रुटमा चल्ने चल्ने ना४ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस चोरी भएको थियो ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नंं ३ का कालिन्द्र मिश्रले मङ्गलवार प्रहरीमा उजुरी दिएपछि खोजतलास सुरु गरेपछि सो ठाउँमा पार्किङ गरेर राखिएको बेलामा फेला परेको प्रहरीले जनाएको छ ।
चोरी भएको बस गोल बजारमा फेला परेको र त्यहाँसम्म कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मोटर साइकल यसअघि पनि चोरी हुने गरेको भएपनि पछिल्लो समयमा बस तथा स्कार्पियो पनि चोरी हुन थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्