तपाईँ सुन्दै हुनुहुन्छः

कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

मोरङ । कोसी प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गर्नुभएको छ । 

प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा(२)बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आज उक्त पदमा नियुक्त गर्नुभएको हो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

त्यस अवसरमा प्रदेशप्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button