‘न्यायमा सबैको पहुँच पुर्याउन आवश्यक छ’
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पुर्याउन जरुरी भएको बताउनुभएको छ ।
सर्वोच्च अदालतमा आज आयोजित श्रम सम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह विमोचन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायमा सहज पहुँच पुर्याउनका लागि अदालतले प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले श्रमसम्बन्धी महत्त्वपूर्ण फैसला र आदेशको प्रकाशन महत्त्वपूर्ण भएको बताउनुभयो ।
प्रधानन्यायाधीशले श्रेष्ठले कानुनमा समाहित भएका नवीन अवधारणा र व्यवस्थाको दृष्टिकोणले महत्त्वपूर्ण देखिएको फैसला छनौट गरेर प्रकाशन गर्नु सान्दर्भिक भएको बताउनुभयो ।
श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले महत्त्वपूर्ण फैसला र आदेशको प्रकाशनले न्याय सम्पादनका विविध आयामबारे नागरिकलाई जानकारी हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्