तेस्रो दिन पनि बरहथवा सुनसान, उठ्न सकेन मृतक साहको शव

सर्लाही । सर्लाहीको बरहथवा बजार आज तेस्रो दिन पनि सुनसान बनेको छ । बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर शुक्रवार प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीको गोली लागेर बरहथवा–६ का एक निर्दोष युवा जयशंकर साहको ज्यान गएको थियो ।
मृतक साहको सव अहिलेसम्म उठ्न सकेको छैन । मेयर कल्पना कुमारी कटुवालले राजीनामा सहित कारबाही हुनुपर्ने, ईलाका प्रहरी कार्यालयका डिएसपी गंगा बहादुर थापालाई निलम्बन गर्नुपर्ने, दोषीलाई हदै सम्मको कारबाही हुनुपर्ने, मृतक साहलाई शहिद घोषणा गर्नुपर्ने, ५० बेडको प्रादेशिक अस्पताल कायम गर्नुपर्ने, अस्पताललाई मृतक साहको नामले नामकरण हुनुपर्ने, गोली चलाउने र आदेश दिनेलाई कारबाही गर्नुपर्ने, मृतकको परिवार मध्ये एक जना सदस्यलाई सरकारी जागिर दिनुपर्ने मृतकको सालिक नेपाल बैङ्क चौकमा निर्माण हुनुपर्ने र मृतकको सालिक अस्पतालमा पनि निर्माण गर्नुपर्ने लगायत १० बुँदे माग अघि सार्दै मृतक परिवार सहित स्थानीयहरू निरन्तर रुपमा आन्दोलन गरिरहेको छ । मृतक साहका भान्जा विवेक साहले आफूहरूको माग पुरा नभए निरन्तर आन्दोलन गर्ने र शव नबुझ्ने बताउनुभयो ।
स्थानीयले इलाका प्रहरी कार्यालयको अगाडी टायर बालेर प्रदर्शन गरिरहेका छन् । उता जिल्ला प्रशासन कार्यालय सर्लाहीमा घटना बारे छलफलको लागि सरोकारवालाहरूलाई जिल्ला प्रशासन मलंगवामा बोलाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्