तपाईँ सुन्दै हुनुहुन्छः

बरहथवा घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी रहने गरी ३ सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिलाई घटनाबारे सत्य तथ्य पत्ता लगाएर सात दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउने निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै हिजो भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button