तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिममा १० हजारभन्दा बढी अस्थायी टहरा निर्माण

रुकुम पश्चिम । जाजरकोट भूकम्पका कारण प्रभावित रुकुम पश्चिम र जाजरकोटका स्थानीयहरूले अस्थायी आवास निमार्ण भएसँगै राहतको महशुस गर्न थालेका छन् । 

खुला आकाश तथा पालमा रहेका नागरिकहरूले अहिले अस्थायी आवासबाट आफ्नो दैनिकी शुरु गर्न थालेका छन् । 

रुकुम पश्चिममा हालसम्म १० हजार ४ सय २३ वटा अस्थायी आवास निर्माण भएका छन् भने ७ हजार ८७ वटा अस्थायी आवास निर्माणाधीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

यहाँका भूकम्प प्रभावित लाभग्राहीहरूले अस्थायी आवास निर्माणको पहिलो किस्ता पाएसँगै पुनःनिर्माणको आशा समेत जगाएको रुकुम पश्चिम आठविसकाेट नगरपालिकाका सत्य बटालाले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयले संघीय सरकारबाट आएको अस्थायी आवासबापतको रकम स्थानीय सरकारहरूको खातामा पठाइसकेको छ भने अपुग रकम समेत माग गरेको जनाएको छ । 

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल बाफिकोट गाउँपालिका बाहेक अन्य पालिकाहरूमा अस्थायी आवास निर्माणको अधिकांश रकम लाभग्राहीहरूको खातामा पठाउने काम भइरहेको बताउनुभयो । 

बाँफिकोट गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा अस्थायी आवासको कुनै पनि काम भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button