तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरूले दाङमा सुरु गरे स्ट्रबेरी खेती 

दाङ। पछिल्लो समयमा युवाहरू रोजगारको लागि विदेश पलायन भइरहेको वेला दाङको घोराहीमा दुई युवाले पहिलो पटक  स्ट्रबेरीको व्यावसायिक खेती सुरु गर्नु भएको छ। 

घोराही उपमहानगरपालिका–१४ झिंगौरामा स्वर्गद्वारी आश्रमको करिब नौ कट्ठा जग्गा भाडामा लिएर जिल्लामै पहिलो पटक स्ट्रबेरीकाे खेती शुरु गर्दा अन्य युवाहरूको लागि समेत उत्साहित गरेको छ। 

रोल्पा जिल्ला बस्ने वीरेन्द्र खड्का र म्याग्दीका बेग पुन मिलेर स्ट्रबेरी खेती  गर्नु भएको हाे । 

कृषिमा आइएस्सी एजी गरेका वीरेन्द्रले विदेश जानुभन्दा पनि आफ्नै ठाउँमा केही फरक खाले कृषि व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्य राखेर स्ट्रबेरीको व्यावसायिक खेती सुरु गरेको बताउनु भयाे ।  गायक, मोडलिङ क्षेत्रमा समेत पहिचान बनाउनु भएका वीरेन्द्रले तीन वर्ष पहिले ‘दाङ एग्रोमार्ट कृषि फर्म’ दर्ता समेत गरे घोराहीमै विभिन्न फलफूलका नर्सरी तथा बेर्ना तयार पारी बिक्री गर्दै आउनु भएको थियो ।  

‘यो वर्षदेखि केही नयाँ गरौँ भन्ने सोचले सामाजिक सञ्जालमार्फत सम्पर्कमा आउनु भएका साथी बेगमसँग मिलेर  स्ट्रबेरीको व्यावसायिक खेती सुरु गरेको  ’ वीरेन्द्रले भन्नु भयाे । विरेन्दले भन्नू भयाे , ‘हाम्रो मेहनत फल्दै छ र बजार पनि राम्रै छ, यसबाट हामी उत्साहित छौँ। आफ्नो खेतीको फोटो  सामाजिक सञ्जालमा राख्दा व्यापारीहरूले फोन गर्न थालेको ’व्यावसायिक युवा वीरेन्द्रले सुनाउनु भयाे । ‘दिनको १५ देखि २० किलोसम्म बिक्री हुन्छ। अहिलेसम्म २ सय किलो बेचिसक्यौँ,’ वीरेन्द्रले भन्नु भयाे ‘वैशाखसम्म नै हाम्रो उत्पादन बिक्री हुन्छ।’ अहिले एक किलो स्टाेबेरीकाे बजारमा आठ सय रुपैयाँमा बिक्री भएको खड्काले बताउनु भयाे ।

कृषि अध्ययन गरेका युवाले आफ्नै गाउँ-ठाउँमा आफैँले केही गरेर देखाउन सक्नु भनेको आफूलाई प्रमाणित गर्नु सरह हुने वीरेन्द्रकाे दाबी छ । नौ कठ्ठा क्षेत्रफलको जग्गामा झन्डै दुई महिना पहिले भारतको हैदराबादबाट दस हजार पाँच बिरुवा रोपेको वेगमले जानकारी दिनु भयाे ।

यस वर्ष  दुई हजार देखि दुई हजार पाँच सय केजीसम्म स्ट्रबेरी फल्ने अनुमान उहाँहरूले लगाउनु भएको छ।

बिरुवा खरिद गरी दाङसम्म ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि प्रणाली निर्माण गर्दा सात लाख बढी खर्च भएको बेगम पुनले बताउनु भयाे ।

तराईको जमिनमा पनि उत्पादन लिन सकिने उन्नत जातको स्ट्रबेरीको बिरुवा खोज्दै हैदराबादसम्म पुगेको बेगमले सुनाउनु भयाे ।

घोराहीको माटो र हावापानी स्ट्रबेरीका लागि उपयुक्त रहेको पाइएपछि राम्रै उत्पादन हुन्छ र त्यसबाट राम्रै मुनाफा लिन सकिन्छ भन्ने सोचले खेती गरिएको वीरेन्द्रले बताउनु भयाे ।

अहिले भारतलगायत देशबाट दाङमा स्ट्रबेरी भित्रिँदै आएको छ। त्यो क्रमलाई केही मात्रामा भए पनि न्यूनीकरण गर्ने उद्देश्य आफूहरूको रहेको वीरेन्द्रले बताउनु भयाे ।

झन्डै २० लाख जतिको कारोबार गर्ने र लागत खर्च कटाएर १३ लाखसम्म बचत गर्ने  पुन र खड्काले दाबी गर्नु भयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button