भेट्रान फुटबल अर्को साता
काठमाडौँ । कुसुन्ती युवा क्लबको आयोजनामा कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २४ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
उक्त प्रतियोगितामा ३२ टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी दिनुभयो ।
४० वर्षभन्दा बढी उमेरका व्यक्ति प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्