भद्रपुरमा किसान परिचयपत्र वितरण सुरु

भद्रपुर, झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले व्यावसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचयपत्र वितरण सुरु गरेको छ ।
नगरपालिकाले व्यावसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत किसान परिचयपत्र वितरण अभियान थालेको हो ।
सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट प्रतिवर्ष प्राप्त दुई लाख रकममा नगरपालिकाले १० लाख थप गरी १२ लाख बजेटबाट काम गर्ने गरी वडा नम्बर १, २, ३ र ४ मा किसानहरूको पहिचानसहित परिचयपत्र वितरण सुरु भएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।
नगर कृषि शाखाका निमित्त प्रमुख सुमन विमलीका अनुसार नगर कार्यपालिकाले तय गरेको मापदण्डअनुसार भद्रपुर नगर क्षेत्रमा व्यावसायिक कृषि कर्म गरिरहेका किसानहरूको स्थलगत अनुगमनपश्चात् पहिचान गरेर किसान परिचयपत्र वितरण गरिने गरिएको छ ।
यस्तै भद्रपुर नगरपालिकाले पशुपालन र कृषि कर्ममा कृषकलाई सहज वातावरण निर्माण गर्न नगरको दक्षिणी क्षेत्रमा पर्ने वडा नं १, २ र ३ लाई लक्षित गरी कृषि र पशुको प्राविधिक सेवा बिस्तार गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्