एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्ने भएको छ
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको हो ।
राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न सचिवालय आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्