तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापति र श्रीलङ्काका राजदूतबीच भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाबीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

यस किसिमका भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको उक्त निर्देशनालयले जारी गरेको विज्ञप्तिका जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button