राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवार उठाउनेबारे शीर्ष नेताहरुबीच छलफल
काठमाडौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा साझा उम्मेदवार उठाउनेबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित सत्ता साझेदार दलहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दलहरुबीच साझा उम्मेदवार छनौट गर्नेबारे छलफल भएको र निष्कर्षमा पुग्न बाँकी रहेको नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा उठेका विषयहरूमा दलहरुबीच आन्तरिक छलफल गरी भोलि बिहान पुनः बैठक बस्ने सहमति भएको नेता पाण्डेले बताउनुभयो ।
यस्तै बैठकमा भारतीय विदेश मन्त्रीको भोली हुने भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउने विषयहरूबारे पनि छलफल भएको र नेपाल र भारतबीच यस अगाडि भएका सहमतिहरूलाई अगाडि बढाउन जोड दिन नेताहरूले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको नेता पाण्डेले बताउनुभयो ।
यसअघि आजै सत्ता गठबन्धनमा सहभागी दलहरुबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनौट गर्ने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिए लगत्तै सोही बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरू सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्