दोलखा स्तरीय छात्र फुटबलमा बैतेश्वर मावि विजयी
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–५ माटीले आयोजना गरेको जिल्ला स्तरीय मावि छात्र फुटबल प्रतियोगिताको उपाधि बैतेश्वर गाउँपालिकाको बैतेश्वर मावि नाम्दुले जितेको छ ।
मङ्गलवार बैतेश्वर मावि नाम्दु र द राईजिङ स्टार बोर्डिङ स्कुल चरिकोटबिच भएको खेलमा बैतेश्वर माविले द राईजिङ स्टार बोर्डिङ स्कुल चरिकोटलाई १–० गोलको अन्तरमा पराजित गरेको थियो ।
प्रतियोगितामा विजेता बैतेश्वर मावि नाम्दुले नगद ७५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता द राईजिङ स्टार बोर्डिङ स्कुल चरिकोटले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सेमिफाइनलमा पुगेका कालिन्चोक स्कुल र अल्पाइन बोर्डिङ स्कुलले पनि नगद १०/१० हजार र ट्रफी तथा मेडल प्राप्त गरेको आयोजकले जनाएको छ । त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट किपरलाई समेत नगद २/२ हजार र ट्रफी प्रदान गरिएको आयोजक वडा नम्बर– ५ का वडाध्यक्ष बासु श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्