तपाईँ सुन्दै हुनुहुन्छः

पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालका पाँच वटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक)गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का प्रवक्ता तथा उप महानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविराज, सुर्खेतसहितका विमानस्थलमा यी मेसिन जडान गर्न लागिएको र यसै आर्थिक वर्षभित्र जोडिसकिने जानकारी दिनुभयो । 

मेसिन जडान गर्न आवश्यक ‘टेन्डर’ प्रक्रिया सुरु भइसकेको र सामान आउने क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो । उक्त उपकरण जडानपछि हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

देशका विभिन्न दुर्गमा क्षेत्रमा रहेका विमानस्थलहरूमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएका छैनन् । ती विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन नभएका कारण त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरूले यात्रुका सरसामान तथा झोलाहरू हातले छामेर चेकजाँच गर्दै आएका थिए । 

विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएपछि कर्मचारीलाई चेकजाँच गर्न सहज हुने र यात्रुहरूलाई पनि यसले सजिलो हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button