विद्युत् विधेयकको दफावार छलफलका लागि १० सदस्यीय कार्यदल गठन गर्ने

काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले विद्युत् विधेयक २०८० को दफावार छलफलका लागि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
समितिका सिंहदरबारमा आज बसेको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई ÷दुई जना र अन्य दलबाट एक÷ एक जना सदस्य रहने गरी १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा सांसदहरुले पूर्वाधार समितिलाई सक्रिय बनाउँदै जनतासँग प्रत्यक्ष जोडिएका पूर्वाधार निर्माणका क्षेत्र र राष्ट्रिय गौरवका आयोजनामा तत्कालै अनुगमन गरी सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताउनुभयो ।
सांसदहरुले जनताले कर तिरेर विद्युतीय गाडी चढे पनि चार्जिङ स्टेशनको अभावमा समस्या भोग्नुपरेको, निर्माणाधीन सडकमा सास्ती, फोनको टावर नटिप्ने जस्ता समस्याले जनता पीडित बनेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्