तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा बाघ आक्रमण बढ्दै, पछिल्लो ४ वर्षमा १८ जनाको ज्यान गयो

नेपालगञ्ज  । बर्दियामा बाघको आक्रमण बढ्दै गएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बाघको आक्रमण पनि बढ्दै गएको हो । पछिल्लो ४ वर्षमा बाघको आक्रमणबाट बर्दियामा १८ जनाको मृत्यु भइसकेको छ ।

सामुदायिक वन र खाता जैविक मार्गमा बाघको उपस्थिति बढेसँगै बाघको जोखिम समेत बढेको छ । आफ्नो मुख्य बासस्थान छाडेर बाघ सामुदायिक वन र खाता जैविक मार्गमा बढी ओहोरदोहोर गर्न थालेपछि जोखिम बढेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार अघिल्लो २० वर्षमा बाघले १८ जनाको ज्यान लिएकोमा पछिल्लो ४ वर्षमा मात्रै १८ जनाले ज्यान गुमाइसकेका छन् । 

डिभिजन वन कार्यालयका अनुसार पछिल्लो ४ वर्षमा हात्तीले पनि एक जनाको ज्यान लिइसकेको छ । पछिल्लो गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा बाघ छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button