तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश : दुई मन्त्रीद्वारा सपथ ग्रहण

दाङ । लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आइतबार शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थितिमा नेकपा माओवादी केन्द्रकी कृष्णा केसीलाई सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात मन्त्रीको सपथ गराउनुभएको हो ।

यो सँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको सङ्ख्या नौ पुगेको छ । मुख्यमन्त्री चौधरीले आठ महिनापछि मन्त्रिमण्डल बिस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री चौधरीले वैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button