तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सचिव राउतद्वारा धनकुटा प्रसारण केन्द्रको निरीक्षण 

धनकुटा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले रेडियो नेपालको स्थायी संरचना स्थानको स्वामित्वको समस्या समाधान गरिने बताउनुभएको छ । 

रेडियो नेपाल सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सचिव राउतले रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय धनकुटाको स्थलगत निरीक्षण गर्नुहुँदै शनिबार रेडियो नेपाल धनकुटाको जग्गाको स्वामित्व र त्यहाँबाट प्रसारण हुने विषय, सामाग्री प्रसारणको अवस्थाबारे जानकारी लिनुभयो ।

सचिव राउतले प्रभावकारी प्रसारणको खाँचोमा जोड दिनुहुँदै प्रदेश प्रसारण कार्यालयका कर्मचारीलाई पहल गर्न निर्देशन दिनुभयो ।

सचिव राउतले धनकुटा प्रसारण केन्द्र रहेको जग्गाको  स्वामित्वको विषयमा उठेका प्रश्नहरूको टुङ्गो लगाउने सन्दर्भमा आवश्यक प्रक्रिया मन्त्रालयका तर्फबाट समेत अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button