दैनिक तीन करोड लिटर पानी काठमाडौँमा वितरण गर्न सकिने

काठमाडौँ । मंगलबार २८ दिन भित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी खानेपानी मन्त्रालय र चिनियाँ निमार्ण कम्पनी सिनो हाइड्रो बिच समझदारी पत्रमा हस्ताक्षर भए सँगै मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कामहरू तीव्र गतिमा सुरु भएका छन् ।
शनिवार खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले सुन्दररीजलमा रहेको पानी प्रशोधन केन्द्रको अनुगमन गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । शनिवारबाट प्रशोधन केन्द्र पूर्ण रुपमा सञ्चालनमा आएको छ । सञ्चालनमा आएसँगै प्रशोधन केन्द्रले दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने छ ।
मेलम्चीको पानी आपूर्ति नहुन्जेलसम्म विभिन्न विकल्पका साथ काठामाण्डौ उपत्यका बासीलाई पानी पु¥याउने प्रयास अनुरुप धाप ड्यामको पानी २ करोड लिटर प्रतिदिनको अलवा मेलम्ची सुरुङको तीन स्थानको खेर गएको पानी उपयोग गरि थप १ करोड लिटर पानी गरी आज बाट ३ करोड लिटर पानी प्रशोधन केन्द्रमा पठाइएको मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव आचार्यले बताउनुभयो ।

मेलम्चीको पानी आउनु पूर्व सुन्दरी जलको धापमा रहेको जलाशय ड्यामको पानी सुन्दरी जलको प्रशोधन केन्द्रमा पठाई उपत्यका बासीको सुख्खा यामको पानीको मागलाई पूर्ति गर्ने गरि शनिवारबाट प्रशोधन केन्द्र पूर्ण रुपमा सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक जाकी अहम्मद अन्सारीले जानकारी दिनुभयो ।
निमार्ण व्यवसायी सिनोहाइड्रोसँग समझदारी गरिएसँगै मेलम्चीको हेडवक्र्समा जनशक्ति परिचाल भइसकेको छ । त्यसै गरी द्रुत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि काम तीव्र गतिमा भइरहेको आयोजनाका कार्यकारी निर्देशक अन्सारीले बताउनुभयो ।
विसं २०८० असार ८ गते बर्षायामको जोखिमलाई ध्यानमा राखी सुरुङबाट मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो । २०८० साउन २८ र २९ गतेको बाढीले मेलम्चीको हेडवक्र्समा क्षति पु¥याएको थियो ।
शनिवार खानेपानी मन्त्रालयका सचिव एवं मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष सुरेश आचार्यको नेतृत्वमा सहसचिव तिरेश प्रसाद खत्री, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड का पदाधिकारीहरू, परामर्शदाता लगायतको टोलीले सुन्दरीजल स्थित पानी प्रशोधन शालाको निरीक्षण तथा अनुगमन गरेको छ ।
त्यस अवसरमा मेलम्ची नदिको पानी पथान्तरणको लागि अम्बाथान हेडवर्क्समा हुँदै गरेको मर्मतसम्भार अवधिको दौरान मेलम्चीको सुरुङबाट काठमाडौँ उपत्यकावासीलाई तत्कालै केही मात्रामा खानेपानी उपलब्ध गराउनबारे टोलीले लेखाजोखा पनि गरेको छ ।
विस्तृत प्राविधिक विश्लेषण पश्चात् शनिवार करिब १ करोड लिटर प्रति दिनका दरले सुरुङबाट काठमाडौँका लागि केही दिनसम्म खानेपानी उपलब्ध गराउन सकिने निष्कर्ष निकाल्दै शनिवार देखि सुरुङबाट पानी खोलिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट दैनिक १ करोड लिटर पानी थप गर्दा दैनिक ३ करोड लिटर पानी काठमाडौँमा वितरण गर्न सकिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्