जातीय पहिचान जोगाउन सङ्घीयता : मुख्यमन्त्री चौधरी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जातीय पहिचान जोगाउन सङ्घीयता ल्याइएको बताउनुभएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिले देउखुरीमा गरेको मगर जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले नेपाल बहुजातीय , बहुभाषिक, बहु संस्कृति भएको देश भएकोले सबै भाषा तथा संस्कृति संरक्षण गर्ने दायित्व सरकारको रहेको बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले थारु, मगर र जनजातिले घरमा उत्पादन गर्ने घरेलु जाँड र रक्सीलाई नष्ट गर्न नपाइने बताउनुभयो । प्रहरीले घरेलु मदिरालाई बिक्री वितरणमा निषेध गर्दै त्यस्तो पाइएमा घोप्टाइदिने, फालिदिने गरेकोप्रति लक्षित गर्दै मुख्यमन्त्री चौधरीले अब कसैले त्यस्तो गरेको पाइएमा प्रदेश सरकारले कारबाही गर्ने बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले रुपन्देही, रोल्पा र पाल्पालाई मगर क्षेत्र र दाङ, बाँके, बर्दियालाई थारु क्षेत्र घोषणा गरेरै उत्पादन र ब्रान्डिङ गर्ने सरकारको योजना रहेको सुनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्