तपाईँ सुन्दै हुनुहुन्छः

ठगी मुद्दामा वडा सदस्यसहित चार जना कारागार चलान

कास्की । ठगी सम्बन्धी मुद्दामा पोखरा महानगरपालिका–६ का वडा सदस्य दिपेन्द्र पहारीसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

लेकसाइड फुट्ट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले वडा सदस्य पहारीसहित चार जनालाई ठगी मुद्दामा पक्राउ गरेको थियो ।

प्रहरीले ठगी सम्बन्धी मुद्दामा वडा सदस्य पहारीसहित, लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार अप्पे भन्ने अभिषेक बराललाई पक्राउ गरेको थियो ।

ठगी मुद्दामा पक्राउ परेका भार जनालाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा अनुसन्धान गरी जिल्ला अदालत कास्कीमा मुद्दा पेश हुँदा पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार उनीहरूले लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रति फोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए ।  उनीहरू विरुद्ध १५ जना व्यक्तिहरूले जाहेरी दर्ता गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button