तपाईँ सुन्दै हुनुहुन्छः

रूसद्वारा बिहीबार व्यापक हवाई आक्रमण

कीएभ। युक्रेनी राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रूसी सेनाले बिहीबार रातभरि हवाई आक्रमण तथा दर्जनौं इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ । 

“रूसी सेनाले तीन तिरबाट विभिन्न प्रकारका हवाई अस्त्रद्वारा आक्रमण गरी कब्जा गरिएको क्रिमिया, प्रिमोस्र्को यक्रेनी वायु सेनाले टेलिग्राम मार्फत जनाएको छ ।

टेलिग्रामले कुनै पनि विनासको रिपोर्ट नगरी ३५ मध्ये ३४ ड्रोनलाई खसालेको मात्र उल्लेख गरेको छ ।

युक्रेनमा पछिल्लो समय दिनहु जस्तो ड्रोन आक्रमण भएका छन् । कीएभले आफ्नो युरोपेली र अमेरिकी सहयोगीहरूबाट प्राप्त हतियारहरूसहित आफ्नो वायु रक्षा प्रणालीलाई बलियो बनाएको छ ।

पछिल्लो समय मस्कोले रातिको समयमा आक्रमणलाई तीव्र पारेको छ । युक्रेनले रूसको आक्रमणको सामना गर्नका लागि  आफ्ना सहयोगीहरूलाई थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेको छ ।

यसै सन्दर्भमा अमेरिकी सिनेटका प्रजातान्त्रिक तथा गणतान्त्रिक नेताहरूले मङ्गलबार वर्षको अन्त्यभन्दा अघि युक्रेनका लागि नयाँ सहायता स्वीकृत गर्न सक्षम नहुने बताएका छन् ।

कीएभले क्रेमलिनलाई चिसो समयमा देशलाई अन्धकार र चिसोमा डुबाई आफ्ना नागरिकहरूलाई आतङ्कित पार्न ऊर्जा सुविधाहरू नष्ट गर्न खोजेको आरोप लगाएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button