तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय स्थल गोदावरीधाम क्षेत्रमा जीपलाईन सञ्चालन

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थल गोदावरीधाम क्षेत्रमा जीपलाईन सञ्चालनमा आएको छ । 

गोदावरी नगरपालिका ४ स्थित भिमदत्त राजमार्गसँगै जोडिएको गोदावरीधाम क्षेत्रमा पहिलो पटक जीपलाईन सञ्चालनमा ल्याइएको हो । 

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले आज जीपलाईनको उद्घाटन गर्नुभयो । उहाँले गोदावरी जीपलाईन आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्त्वपूर्ण परियोजना भएको बताउनुभयो । 

मन्त्री देउवाले जीपलाईन सञ्चालनबाट सुदूरपश्चिमको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जीपलाईनलाई प्रदेश सरकारका तर्फबाट आवश्यक रहने बताउनुभयो । 

जीपलाईन सञ्चालनमा व्यवसायी दिनेश खड्कासहित युवा समूहको करिब २ करोड लगानी रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button