‘पार्टी विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्छ’
दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी विधानबमोजिम चल्नुपर्छ भन्नुभयो । महामन्त्री थापाले भन्नुभयो, “विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ । दण्डको व्यवस्था भए मात्रै पार्टी विधान बमोजिम चल्न सक्छ । त्यसमा हामीले छलफल चलाइराखेका छौँ ।” महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने जनाउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनैपर्ने बाध्यता रहेको समेत बताउनुभयो ।
संसद्मा निर्वाचन कानुनका विषयमा छलफल अगाडि बढाउन लागिएको जनाउँदै महामन्त्री थापाले एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय पार्टी नबन्ने उल्लेख गर्न सकिने चर्चा गर्नुभयो ।
महामन्त्री थापाले पार्टीभित्रको निर्वाचन पद्धति समेत परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्