जनकपुरधाम आउने तीर्थयात्रीको पहिलो रोजाई रेलसेवा

जनकपुरधाम । जनकपुरधाममा श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवमा भाग लिनका लागि आएका तीर्थयात्रीहरू धमाधम रुपमा आ–आफ्नो गन्तव्य तर्फ प्रस्थान गरिरहेका छन् ।
भारतीय तीर्थयात्रीहरूलाई भारत तर्फ प्रस्थान गर्नका लागि जनकपुर–जयनगर रेल सेवा निक्कै भरपर्दो साधन बनेका छन् । सार्वजनिक यातायात प्रयोग गर्ने अधिकांश भारतीय तीर्थयात्रीहरूको रोजाई रेल सेवा नै बनेको छ ।
नेपाल रेल्वे कम्पनीले विवाह पञ्चमी मेलाको भिड तथा यात्रीको सुविधाका लागि दुवै इन्जिन सहितको सबै वोगीहरु सञ्चालनमा ल्याएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनु भएको छ । यसका साथै भोलीसम्मका लागि भंगहा तर्फको सेवा स्थगित भएको कम्पनीले जनाएको छ । अहिले समय तालिका हटाएर यात्री भर्ने बित्तिकै रेल सेवा सञ्चालन भइरहेको छ ।
अहिले भारतबाट आएका तीर्थयात्रीहरू अत्यधिक मात्रामा आउने र जाने गरेका कारणले महोत्तरीको भंगहा तर्फको सेवा स्थगित भएको छ । खास गरेर भारतबाट आएका तीर्थयात्रीहरू आ–आफ्नो घर तर्फ जान थालेकाले भंगहा तर्फको सेवा स्थगित भएपनि भोली साँझ देखि सेवा पुनः सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
रेलका लागि अहिले भएको बोगी तथा इन्जिन पर्याप्त मात्रामा नरहेको रेल्वे कम्पनीले जनाएको छ । इन्जिन सहितका पाँच बोगी मात्र भएका कारणले सबै सेवाग्राहीलाई सेवा लिनमा समस्या भइरहेको छ ।
यसै गरि भारतको विहार, उत्तर प्रदेश, झारखण्ड सहितका प्रदेशबाट आफ्नो सवारी साधनबाट आउने तीर्थयात्रीहरू सवारी साधन सहित फर्केका छन् । कतिपयले सार्वजनिक बस सेवाको प्रयोग गरेर गन्तव्य तर्फ गइरहेको छ । जनकपुरधाम आएका ९५ प्रतिशत भन्दा बढी तीर्थयात्रीहरू घर फर्किसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्