तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शर्माद्वारा क्रिकेट मैदानको शिलान्यास

सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतको वीरेन्द्रनगरमा क्रिकेट मैदान निर्माण गर्न लागिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज वीरेन्द्रनगर स्थित कालिन्चोकमा एक कार्यक्रमबीच क्रिकेट मैदानको शिलान्यास गर्नुभयो ।

आगामी चैत ३० गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्यसहित ७३ लाख १८ हजार लागतमा केपीडीडी कन्स्ट्रक्सन सुर्खेत र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच निर्माण सम्झौता भएको छ ।

त्यस अवसरमा मुख्यमन्त्री शर्माले प्रदेशभरि नै खेलकुद पूर्वाधार निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ तीव्रता दिइरहेको बताउनुभयो ।

अहिले सरकार प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक रङ्गशाला निर्माणमा केन्द्रित रहेको बताउनुहुँदै मुख्यमन्त्री शर्माले यसपछि कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरूमा खेलकुद पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल तथा खेल क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button