सरकारले जनता र राष्ट्रको पक्षमा अहित हुने कुनै काम गर्दैन : प्रधानमन्त्री

बर्दिबास । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले अहिलेको विद्यमान परिस्थितिमा जनता र राष्ट्रको पक्षमा बाहेक त्यसको अहितमा हुने कुनै काम नगरेको बताउनुभएको छ । उहाँले त्यस्तो अहित हुने काम गर्न नदिने समेत स्पष्ट पार्नुभएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडा स्थित श्री जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सव कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्रीले त्यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारले एक बर्ष भित्र धेरै आशा जनक कामहरू भएको बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले सरकार गठनको केही दिनमा एक बर्ष हुन लागेको भन्दै उहाँले गएको एक बर्ष भित्र सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि पक्षमा काम गरेको बताउनुभएको छ । अबको काम आर्थिक समृद्धिको काममा लाग्ने समेत बताउनुभएको छ । आर्थिक क्षेत्रमा केही आशा लाग्दा कामहरू भएका भन्दै बताउनुभयो ।
केही मानिसहरूले देशको छवि बिगार्न लागेको र सरकारलाई पार्टीलाई बदमान गर्न लागेको बताउनुभयो । एनसेलको विषयमा छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको र जनतालाई भ्रमित पार्ने काम भएको बताउनुभएको छ । महोत्तरीको बर्दिबास गौरीडाँडा लगायत देशभरी रहेको अव्यवस्थित बसोबास र भूमिहीनको विषयमा सरकारले भूमि ऐन संशोधन गर्न लागेको समेत जानकारी दिनुभयो ।
यो सँगै सरकारले वन ऐनमा रहेको जटिलता समेत संशोधन गर्ने उहाँले बताउनुभयो । स्वर्ण महोत्सवको उक्त कार्यक्रममा विद्यार्थीहरूले उत्पादन गरेका विभिन्न स्टल समेत राखिएको थियो । सङ्काय अनुसारका विद्यार्थीहरूले आफ्नो कला र प्रतिभा प्रदर्शन गर्ने विद्यालयका प्रधानाध्यापक रामसकल महतोले जानकारी दिनुभयो ।
विज्ञान संकायका विद्यार्थीहरूले ड्रोन देखि विभिन्न बिज्ञानसगँ सम्बन्धित उत्पादन प्रदर्शन गर्नेछन् भने वाली विज्ञान तथा कृषि प्राविधिकका विद्यार्थीहरूले आफैले उत्पादन गरेका कृषि उपजहरू प्रदर्शनमा राखिने विद्यालयले जनाएको छ । मूलतः विद्यालय र समुदाय, तीन वटै सरकारलाई जोडन, विद्यालयको सर्वपक्षीय हितमा सरोकारवाला सबैको ध्यान खिच्न, विद्यार्थीहरूका प्रतिभा र नवप्रर्वतनहरुको सार्वजनिकिरण गर्न महोत्सवको आयोजना गरिएको राजन अध्यक्ष ढुगांनाले बताउनुभयो । बि.स. २०३१ सालमा औपचारिक स्थापना भएको विद्यालय जिल्लाको नै उत्कृष्ट विद्यालय मानिन्छ । झण्डै २५ सय विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा अहिले प्राविधिक धारका कक्षाहरू समेत सञ्चालन हुँदै आएका छन् ।
पूर्णतया अङ्ग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयमा लगभग १७ जिल्लाका विद्यार्थी पठनपाठन गर्न आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुगांनाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्