तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको पानी चाडै काठमाडौँ पुर्‍याउनु पर्नेमा सभामुखको जोड

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले प्राविधिक स्टमेट गरेर  सो अनुसार काम गरि  मेलम्ची खानेपानी काठमाडौँ सक्दो चाडै  लैजानुपर्नेमा जोड दिनुभएको छ । उहाँले आइतबार मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको निरीक्षण गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो । 

सभामुख घिमिरेले जतिसक्दो चाँडो पानी काठमाडौँ लगेर काठमाडौँका बासिन्दालाई पानी खुवाउन आग्रह गर्नुभएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी  दिनुभयो । उहाँले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगको समेत निरीक्षण गर्नुभयो । 

यस बर्ष मेलम्चीको पानी काठमाडौँ लाने तयारी सुस्त भइरहेको बेला सभामुखले अवलोकन भ्रमण गर्नुभएको हो ।उहाँको साथमा पूर्व मन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्व मन्त्री सरेस नेपाल लगायत सहभागी हुनुहुन्थ्यो ।सिनियर डिभिजनल इन्जिनियर कुँवरले अब  केही दिनमै काम सुरु हुने बताउँदै त्यसपछि कति दिनमा पानी काठमाडौँ पुग्छ भन्ने थाहा हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button