सातौँ दक्षिण एसियाली कराँते पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित
चितवन । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँतेका पदक विजेता चितवनका दुई खेलाडी र प्रशिक्षक सम्मानित हुनुभएको छ ।

नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पार्वती गुरुङ र रजत पदक विजेता निक्षा थापा मगरलाई नगदसहित सम्मान गरेको हो । यस्तै प्रशिक्षक दुर्गा कुमाललाई पनि सङ्घले नगदसहित सम्मान गरेको छ ।
सङ्घले आज (शनिबार) एक कार्यक्रमबीच पदक विजेता पार्वती र निक्षालाई जनही दश–दश हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । यस्तै प्रशिक्षक कुमाललाई पाँच हजार रुपैयाँसहित सम्मान गरिएको संघका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।
पार्वतीले २१ वर्षमुनि ४५ केजी तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्नुभएको थियो । यस्तै निक्षाले २१ वर्षमुनि ४० केजी तौल समूहमा रजत पदक जित्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्